काठमाडौं– टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिता ‘किड्स क्यापिटल नेपालको– सातौ संस्करणको ग्राण्ड फिनाले यही जेठ ३ गते शनिवार च्यासल, ललितपरपस्थित ज्यापू समाज केन्द्रमा आयोजना हुँदैछ । यो प्रतियोगितामा विभिन्न उमेरका ११ जना बालबालिकाहरुले सहभागिता जनाएका छन् ।
दिक्पाल कार्कीको कोरियोग्राफीमा
आयोजना हुन लगेको यो प्रतियोगितामा सहभागि प्रतिस्पर्धिहरुलाई कलाकार तथा रंगकर्मी विरैन्द्र हमालले अभिनयको प्रशिक्षण दिइरहेका छन भने विशालले नृत्यको प्रशिक्षण दिएका छन् । प्रतियोगिहरुलाई अभिनेता एसराज गराच, राजन बुढाथोकी, गोपाल ढकाल तथा परिस्ना बास्तोलाले समेत विभिन्न प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगिहरूलाई
थप प्रोत्साहित गर्नको लागि आईएमई पेमार्फत अनलाइन मतदानको व्यवस्था गरिएको छ । मतदानमा विजयी हुने बालबालिकालाई आईएमई पेजले दुई वर्षदेखि नै आफ्ना विज्ञापनहरूमा कार्य गर्ने अवसर प्रदान गर्दै आएको जानकारी आयोजक संस्थाले दिएको छ ।
No comments:
Post a Comment