काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँदैछ। यसअघि परम्परागत सौन्दर्य प्रतिस्पर्धा शैलीमा आयोजना हुँदै आएको प्रतियोगिता अब दर्शकहरूले AP1 टेलिभिजन र OSR Reality युट्युब च्यानल मार्फत प्रत्यक्ष र आकर्षक ढङ्गमा हेर्न पाउनेछन्।
यस वर्षको प्रतिस्पर्धा दिक्पाल कार्की ले सञ्चालन गर्नेछन्। मोडल, अभिनेता, कोरियोग्राफर तथा टेलिभिजन प्रस्तोता समेत रहेका कार्कीले विगतमा पनि मिस युनिभर्स नेपाल २०२४ मा नेशनल कोरियोग्राफर को रूपमा आफ्नो भूमिका निर्वाह गरिसकेका थिए। अन्तर्राष्ट्रिय स्तरमा समेत मोडलिङमा सक्रिय कार्कीलाई यस वर्षको रियालिटी शो फर्म्याटले दर्शकसँग अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको Master Jury मा प्रशान्त ताम्राकार रहनेछन् भने Grand Jury को जिम्मेवारी संगिता पुरी लाई दिइएको छ। दुवै नेपाली फेसन र ग्ल्यामर उद्योगका प्रतिष्ठित नाम हुन्।
यस पटकको नयाँ ढाँचाले प्रतिस्पर्धीहरूको यात्रा, संघर्ष र रुपान्तरणलाई प्रत्यक्ष रूपमा देखाउनेछ। अडिसनदेखि ग्रुमिङ, विभिन्न चुनौती र तालिम हुँदै अन्ततः ग्रान्ड फिनालेमा विजेता घोषणा गरिनेछ।
समापन समारोह आगामी २० सेप्टेम्बरमा हुने तय भएको छ।
No comments:
Post a Comment