Wednesday, August 21, 2019

प्रकृति लिम्बु र शोभिता राई लाई मिस बिउटी कुइन र मिसेस नेपाल आइडोल २०१९ को ताज ..

अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र  मिसेस नेपाल आइडोल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्पन्न भएको छ।  मिस  बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडोल बेग्ला बेग्लै २ प्रतियोगिता एउटै  स्टेज मा सम्पन्न भएको थियो।



उक्त प्रतियोगितामा मिस  बिउटी कुइन नेपालमा आफ्ना ७ जना प्रतिस्पर्धीहरु लाई पछि पार्दै प्रकृति लिम्बुले ताज    पहिरिहिन।  तेसैगरि मिसेस नेपाल आइडोल २०१९ को ताज आफ्ना ८ जना प्रतिस्पर्धीलाइ पछाडी पर्दै शोभिता राईले हात पारिन।
तेसै गरि  मिस  बिउटी कुइन नेपाल तर्फ दिक्ष्या रिशाल फर्स्ट रनरअप हुन सफल भइन भने प्रनिशा नेपाल  सेकेन्ड रनरअप हुन सफल भइन।
मिसेस नेपाल आइडोल  तर्फ मिरा नेपाली  फर्स्ट रनरअप र रिता महर्जन सेकेन्ड रनरअप हुन सफल भए।
उक्त कार्यक्रमको शोभा बढाउन प्रमुख भुमिका निर्वाह गर्नुहुने निर्णायक  मिस नेपाल २००० उषा खड्गी मुख्य निर्णायकको भूमिकामा हुनुहुन्थ्यो।

उक्त कार्यक्रमलाई अझै मर्यादित र शान्त वातावरणमा लैजान र कार्यक्रमको अझै शोभनीय हिसाबमा सन्चालन गर्ने जिम्मा पाउनु भएका रोजिन शाक्यले आफ्नो महत्त्वपूर्ण भुमिका स्वतस्फूर्त रुपमा निभाउनु भएको थियो। साथै हिमानी सुब्बा को कोरियोग्राफीकोको पनी निर्णायक हरुले खुलेरै तारिफ गर्नु भएको थियो।

मिस मिस बिउटी कुइन नेपाल तर्फ ९ वोटा सबटाईटल रहेको थियो 
बेस्ट पर्सनालिटी प्रमिशा नेपाल ,बेस्ट डिसिप्लिन अनिला खत्री ,मोस्ट एक्टिभ -उषा लामिछाने ,मोस्ट अक्त्र्याक्तिभ -दिक्ष्या रिशाल ,बेस्ट फोटोजेनिक -कमला तामांग। मोस्ट कन्फीडेन्ट -प्रकृति लिम्बु ,बेस्ट ड्रेस -कमला तामांग ,पब्लिक चोइस -उषा लमीछाने , मोस्ट पपुलर -अनिला खत्री ले हात  पारे। 
तेसै गरि मिसेस नेपाल आइडोल तर्फ जम्मा जम्मी ११ वोटा सब टाइटल रहेका थिए। 
बेस्ट पर्सनालिटी-सलिना गुरुङ , बेस्ट ट्यालेन्ट/बेस्ट ड्रेस  -  इस्मा राई ,बेस्ट हेयर -पारु थापा मगर ,बेस्ट स्किन/पब्लिक चोइस/ मोस्ट पपुलर  -पूजा तामांग ,बेस्ट फोटोजेनिक-रिता महर्जन ,मोस्ट स्मार्ट -शोभिता  राई ,मोस्ट एक्टिभ-आस्मा श्रेष्ठ ,मोस्ट कन्फीडेन्ट- मिरा नेपाली ले हात परेका थिए। 

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...