Thursday, September 26, 2019

मिस नेपाल आइडोल को ताज आफ्नो पोल्टा मा पर्न सफल निमा ल्हामु शेर्पा

अमेजोन इन्टरटेनमेन्टले आयोजना गरेको मिस नेपाल आइडोलको अन्तिम प्रतिसपर्धा बुधबार जमल स्तिथ राष्ट्रिय नाचघरमा भब्य रुपमा सम्पन्न भएको छ। आफ्ना १२ जना प्रतिस्पर्धी लाइ पछि पर्दै निमा ल्हामु शेर्पाले मिस नेपाल आइडोल को ताज आफ्नो पोल्टा मा पर्न सफल भइन
 भने प्रतिक्षा परियार फर्स्ट रनरअप , हाना बान्तवा सेकेन्ड रनरअप र मुनम मल्ल ठकुरी थर्ड रनरअप हुन सफल भए। तेसै गरि विभिन्न १३ ओटा सब टाइटल रहेका थिए। सब टाइटलमा बेस्ट फोटोजेनिक हाना बान्तवा ,बेस्ट पर्सनालिटी  प्रिरना राइ ,बेस्ट स्माइल  प्रतिक्षा परियार ,मोस्ट चार्मिंग इशिका घिमिरे, मोस्ट अक्ट्रयाक्तिभ सबिता गुरुङ ,बेस्ट डिसिप्लिन रशिला राजभण्डारी ,मोस्ट स्मार्ट आरती के सी ,मोस्ट एक्टिभ प्रबिना काराखेती। बेस्ट कम्प्लेक्सन मोनिका लिम्बु।,बेस्ट टेलेन्ट मुनम मल्ल ठकुरी ,पब्लिक चोइस निमा ल्हामु शेर्पा  मोस्ट पपुलर प्रतिक्षा परियार र बेस्ट ड्रेस रशिला राजभण्डारी ले हात परेका थिए ।
उक्त कार्यक्रममा चर्चित फ्यासन कोरियो ग्राफर हिमानी सुब्बा को दमदार कोरियोग्राफी र रोजिन शाक्य को उद्घोसण रहेको थियो भने नेपाली सिने जगतकी
 लोकप्रिय नायिका संचिता लुइँटेल मुख्य निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो।

करिब २ घण्टा लामो रहेको उक्त कार्यक्रममा दर्शकले भरपुर मनोरंजन लिएको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...