Saturday, July 27, 2019

लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण सम्पन्न

काठमाडौँ १२।,,लिटिल स्टार भक्तपुरको दोस्रो संस्करण श्रावण ११ गते सनिवार ग्वार्को स्थित म्यूजिक सिटी हल मा सम्पन्न भएको थियो। जम्मा ३७ जना प्रतिस्पर्धि रहेको उक्त प्रतियोगितामा २ वटा समूहमा विभाजन गरि कार्यक्रम सम्पन्न गरिएको थियो। इनोभेसन इभेन्ट म्यानेज्मेन्ट को आयोजना रहेको उक्त कार्यक्रममा जम्मा ३७ जना बालबालिका सहभागी रहि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मिस्टर मोडल अफ दि वोर्ल्डको ताज पहिरिएका नेपाली मोडल दिक्पाल कार्किको कोरियोग्राफी रहेको उक्त कार्यक्रमको सह कोरियोग्राफिको कार्यभार भने मिथुन थापा र तेन्जु योन्जनले समालेका थिए।
दुई समुहमा बिभाजन गरिएको उक्त समूह 'ए' छात्रा तर्फको को बिजेता स्मृति दुवाल भएकी थिइन। त्यस्तै, फस्ट रनरअप एजशिवी प्रजापती, सेकेन्ड रनरअप स्वोर्निवा श्रेष्ठ, थर्ड रनरअप आरध्या गौतम, चौथो अथवा सान्त्वना सुमेरा श्रेष्ठले पाएकी थिइन। साथै लिटिल प्रीन्सेसको ताज आरुसी गौतमले पाएकी थिइन। त्यस्तै, छात्र तर्फको समूह ' ए' तर्फ बिजेता निशव खड्का भएका थिए। साथै, क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप, थर्ड रनरअप प्रनय प्रजापति, आमोदज्याख्वा, प्रजयन फैजु, तथा सान्तना सनिम लगेजुले पाएका थिए।
त्यस्तै सुमुह बि बिजेता आर्या गौतम, फस्ट रनरअप दिपिका गिरि, सेकेन्ड रनरअप रुजा धोजु, थर्ड रनरअप छाया कर्माचार्य, फोर्थ रनरअप रोनली अधिकारी, र फिफ्त तथा पाचौं रनरअप अभेन्जेलिना शाक्य भएका थिय।
उक्त कार्यक्रमको शोभा बढाउन प्रमुख भुमिका निर्वाह गर्नुहुने निर्णायक हरु मिस्टर नेपाल २०१९ का बिजेता अक्षय रायमाझी, मोडल अपेक्षा थापा, मोडल आकांक्ष्या भट्टराई, म्यानह्ट नेपाल सनिस शाक्य, डाक्टर कुन्दन सिंह कार्की र गिता पुरीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई अझै मर्यादित र शान्त वातावरणमा लैजान र कार्यक्रमको अझै शोभनीय हिसाबमा सन्चालन गर्ने जिम्मा पाउनु भएका रोजिन शाक्यले आफ्नो महत्त्वपूर्ण भुमिका स्वतस्फूर्त रुपमा निभाउनु भएको थियो। साथै कोरियोग्राफीको जिम्मा पाउनु भएका मिस्टर मोडल अफ दि दि वोर्ल्डको उपाधी जितेर नेपालको नाम विश्वसामु चिनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने डाक्टर दिक्पाल कार्किको कोरियोग्राफीकोनिर्णायक हरुले खुलेरै तारिफ गर्नु भएको थियो।
त्यस्तै सह कोरियोग्राफी को पदभार ग्रहण गर्नु भएका कोरियोग्राफर मिथुन थापा र तेन्जु योन्जनको पनि महत्त्वपूर्ण भुमिका रहेको प्रतिक्रिया दिदै सकारात्मक पक्षलाइ औल्याउँदै कार्यक्रम भब्यताका साथ सम्पन्न भएको 8इनोभेसन इभेन्ट म्यानेज्मेन्टका सी इ ओ महेस के सी ले बताउनु भयो।

                                                                                                                                    NEWS BY -SAUGAT ADHIKARI



No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...