यदि म १ दिनको लागि महिला हुने मौका पाए भने म मेरो आमा भएर त्यो १ दिन बिताउन चाहन्छु भन्ने आफ्नो बिचार राख्दै सम्पूर्ण निर्णायक हरु को मन जितेर आफ्ना ८ जना प्रतिस्पर्धी लाइ पछि पार्दै अभिषेक खड्का ले मिस्टर हेन्डसम नेपालको ताज पहिरिन सफल भए ।अमेजोन इन्टरटेनमेन्टले आयोजना गरेको मिस्टर हेन्डसम नेपालको यो दोस्रो संस्करण हो। मिस्टर हेन्डसम नेपालको अन्तिम प्रतिसपर्धा बुधबार जमल स्तिथ राष्ट्रिय नाचघरमा भब्य रुपमा सम्पन्न भएको छ।
तेसै गरि तिर्थ श्रेष्ठ फर्स्ट रनरअप , प्रविन मुग्राती सेकेन्ड रनरअप र जेनिश राइ थर्ड रनर अप हुन सफल भए।तेसै गरि अमेजोन युथ अम्बासोडर शान शाह ,अमजोन च्यारिटी अम्बासोडर बिनोद क्षेत्री र पेजेन्ट नेपाल सोसल मिडिया अम्बासोडर जनक मोक्तान ले हात परेका थिए।
उक्त कार्यक्रममा चर्चित फ्यासन कोरियोग्राफर मिस्टर मोडल अफ द वोर्ल्ड का बिजेता दिक्पाल कार्कीको कोरियोग्राफी र रोजिन शाक्य को उद्घोसण रहेको थियो भने नेपाली सिने जगतकी
लोकप्रिय नायिका संचिता लुइँटेल मुख्य निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो।
करिब ३ घण्टा लामो रहेको उक्त कार्यक्रम मा दर्शकले भरपुर मनोरंजन लिएको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।


No comments:
Post a Comment