काठमाडौं– चौथो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२४’आयोजना हुने भएको छ ।
नेपाली गीत, संगीत तथा म्युजिक भिडियोको प्रवर्धनको लागि सन् २०२० देखि यो अवार्ड वितरण गर्न थालिएको हो । यसपटक चौथो संस्करणमा यो अवार्ड हुन लागेको आयोजक संस्था स्पर्श फिल्म्सका अध्यक्ष यसराज गराचले बताएका छन् ।
हिजो सम्पन्न भएको प्रेसमिटमा गराचका अनुसार सन् २०२३ जनवरीदेखि सन् २०२४ फेब्रुअरी अन्त्यसम्म बजारमा आएका नेपाली तथा नेपालका विभिन्न भाषा–भाषिकाका गीत तथा ती गीतका म्युजिक भिडियोलाई यो अवार्डको लागि प्रतिस्पर्धीको रुपमा सहभागी गराईएको छ ।
तेसैगरि आयोजक राजन बुढाथोकीका आनुसार ,नेपाली म्युजिक भिडियो क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको निमित्त म्युजिक, भिडियो सम्बद्ध सम्पूर्ण साधकहरुलाई उत्साहित बनाउन र यो उद्योगको व्यावसायीकरणमा टेवा पुर्याउन यो अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।
विगतमा झैँ यसपटक पनि आधुनिक, पप, लोक, लोक दोहोरी र विभिन्न भाषा–भाषिकाका गीतहरु यो अवार्डमा समावेश गरिएको छ । यी गीतहरुलाई विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको आयोजक दीक्पाल कार्कीले जानकारी गराएका छन् ।
यो अवार्ड समारोहमा केही व्यक्तिलाई विशिष्ट योगदान सम्मान पनि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यो अवार्डलाई पेजेन्ट नेपाल, ब्राईट इभेन्ट म्यानेजमेन्ट, र स्पर्श फिल्ःल्मस्ले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
No comments:
Post a Comment