काठमाडौं — २५, असार ।
ए. के. इनोभेसन मेनेजमेन्टको आयोजनामा आयोजित द राइजिंग मोडल –२०८१ को ताज सिनियर तर्फ पुर्णिमाआचार्यले र जुनियर तर्फ बाट एलिशा रोकाले पहीरीएका छन् ।
रुपन्देही बुटवलको योगीकुटीमा रहेको होटेल पौवामा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २० जना प्रतियोगीलाई पछि पार्दै पुर्णिमा आचार्य र एलिशा रोका बिजयी भएका छन्। , प्रतियोगितामा सिनियर तर्फ सिता मगर र जुनियर तर्फ आराध्या पाण्डे फष्ट रनरअप भएका छन् भने सिनियर तर्फ सुबिना कार्की सेकेन्ड रनरअप र पब्लिक चोइस अवार्ड सौरभी कुँवरले हात पार्न सफल भएको ए. के. इनोभेसन मेनेजमेन्टका सी इ ओ अन्जान कुँवर ले बताएका छन् ।
अन्जान कुँवरको कोरियोग्रफी र प्रेरणा गिरीको उद्घोषण रहेको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख निर्णायक मिस्टर मोडल अफ द
वोर्ल्ड दिक्पाल कार्की रहेका थिए भने निर्णायकमा सेंजल पौडेल र प्रकाश कुँवर रहेका थिए ।
प्रतिभा खड्काका राम्रा राम्रा डिजाइनका बस्त्रमा प्रतियोगीहरु प्रस्तुत भएका थिए भने उनीहरुलाइ शृंगार गर्ने काम सौन्दर्यबिध प्रनिता के सीले गरेकी थिइन्।
No comments:
Post a Comment