Saturday, July 27, 2024

मिस युनिभर्स नेपाल २०२४’ को टप ३५ अडिसन हुदै

काठमाडौँ मिस युनिभर्स नेपाल २०२४को लागि सोमबार अडिसन हुने भएको प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जना मध्य ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौँमा छनोट हुने आयोजकले जनाएको



अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक छेत्री, सिइओ एवम् प्रेसिडेन्ट सबी पुरी मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जजको रुपमा अडिसन लिने भएका छन् उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यमदेखि सहभागिता जनाउनेछन्  

 

यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् उनीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरू सिकाइने आयोजकले जनाएको   

यसपालिको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक समावेशी सहभागिता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जानकारी दिइन्   

मिस युनिभर्स नेपाल २०२४को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ


No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...