Thursday, July 18, 2024

फेसन कोरियोग्राफर अन्जान तीजको कोशेली ‘मेरो पुतलीमा

काठमाडौं, – चर्चित गायक हरि खत्री र सिलु भट्टराईले तीज कोशेली ‘मेरो पुतली ’ बजारमा ल्याएका छन् । यो गीत लोमस शर्मा अफीसीयल युट्युब च्यानलमा सार्बजनिक गरिएकोछ। चर्चित गायक गायक हरि खत्रीले सिलुलाई आवाजमा साथ दिएका छन । ज्ञानराज पोख्रेलको शब्द सिर्जनामा तयार भएको यो तिज भाकामा संगीत गायक हरि खत्रीको रहेको छ । 
बिक्रम चौहानले निर्देशन गरेको यो गितमा मोफसलका चर्चित फेसन कोरियोग्राफर अन्जान कुँवर ,करिष्मा ढकाल, लोमश शर्मा र किर्पा पौडेलको अभिनय रहेको छ भने यस गितको छायांकन महेश महराले गरेका हुन् । यस गीत को सम्पादन B .star Films मा गरिएको हो
फेसन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका अन्जान कुँवरले  यो तीज गीत बाट आफ्नो आभिनय यात्रा सुरु गरेका हुन्।  


No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट

काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...