Thursday, July 11, 2024

विश्वकै पहिलो मिस एआईको उपाधि मोरक्कोकी केन्जा लायलीलाई

काठमाडौं । विश्वमै पहिलोपटक मिस एआईको उपाधि मोरक्कोकी हिजाब-क्लाड केन्जा लायलीले जितेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १५ सय प्रतिस्पर्धी सुन्दरीलाई उछिन्दै उनले उपाधि जितिन् ।




कृत्रिम बौद्धिकता भनिने एआईद्वारा सिर्जना गरिएका सुन्दरीबीच सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको हो । योसँगै विश्व एआई ब्युटी पेजेन्टको युगमा प्रवेश गरेको छ ।


प्रोग्रामिङको क्षेत्रमा क्षमता प्रदर्शन गर्ने उद्देश्यले अप्रिलमा फ्यानभ्यु वर्ल्ड एआई क्रिएटरले यस्तो खाले कार्यक्रम आयोजना गरेको थियो । सहभागी १५ सय प्रतिस्पर्धीबाट सोसल मिडिया विधामा १० एआई क्यारेक्टर छनोट भएका थिए ।



फ्यानभ्युका सहसंस्थापक विल मोनान्जेले भने, ‘यस्तो खालको पहिलो कार्यक्रममा विश्वव्यापी चासो अविश्वसनीय छ । पुरस्कार सर्जकको उपलब्धिलाई सेलिब्रेसन गर्ने, गुणस्तर वृद्धि गर्ने र एआई सिर्जित अर्थतन्त्रका लागि सकारात्मक भविष्य बनाउनेतर्फ यस्तो कार्यक्रमले भूमिका खेल्छन् ।


उपाधिसँगै लायलीले २० हजार अमेरिकी डलर जितेकी छन् । यो रकम उनलाई सिर्जना गर्ने सर्जकले प्राप्त गर्नेछन् । दोस्रोमा फ्रान्सकी ललिना भेलिना र तेस्रोमा पोर्चुगलकी ओलिभिया नामकी क्यारेक्टर छनोट भएका छन् ।

कासाब्लान्काकी ४० वर्षीया मरियम बेसाले ल्याली बनाएकी हुन् । पहिलो पटक यस्तो प्रतियोगिता जित्न पाउँदा रोमाञ्चित हुँदै उनले भनिन्, ‘गौरवका साथ मेरो देश मोरक्कोको प्रतिनिधित्व गर्ने अवसर हो। 

 

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट

काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...