Wednesday, July 10, 2024

रनवे मोडलिङ् इन माई व्हीलचेयर फेसनशो आयोजना हुदै

 

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई फेसन उद्योगले उपभोक्ता वा मोडेलको रूपमा कहिल्यै मान्यता दिएको छैन ।यहि कुरोलाई  मध्यनजर गर्दै  आउदो जुलाई १३ तारिक क्लब नेक्ससमा ब्राइट इभेन्ट म्यानेज्मेन्टले नेपालमै  पहिलो पटक" रन वे मोडलिङ् इन माई  व्हील चेयर "नामक फेसन शो आयोजना गर्दै छ। स्टेला प्रोफेसन मेकअप  स्टुडियो आबद्द रहेको फेसनसोमा १५ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरू डिजाईनर  ज्वाला राज पोख्रेल र स्वोय्मं गुरुङको आकर्षक  डिजाईनमा  र्याम्पमा उतारीने छ। 

उक्त कार्यक्रम मा १५ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका साथ् साथै १५ जना मोडलहरुले  र्याम्पमा डिजाईनरको आकर्षक  ड्रेस  प्रस्तुत गर्ने ब्राइट इभेन्ट म्यानेज्मेन्टका सी ई ओ राजन बुढाथोकीले जानकारी दिएका छन्। 



उक्त फेसन शोमा मिस्टर मोडल अफ द वोर्ल्ड दिक्पाल कार्कीको कोरियोग्रफी रहने छ भने नायक, मोडल तथा  कोरियोग्राफर एसराज गराच , मिस्टर नेपाल समर्पण जंग कार्की र नायक नाजीर हुसेन SHOWSTOPPER को रुपमा प्रस्तुत हुनेछन्। तेसै गरि प्रमुख अथितिको रुपमा चर्चित नायक आयुस्मान देशराज जोशी हुने छन्। 

फेसनशोमा फेसीयल हाउस मेकअप पार्टनर रहनेछ भने  ,INDUSTRIAL TECHNOLOGY SERVICES ,BABA  HOMES ,ICON MUSIC,BIA INSTITUTE ,LONDON CAFE PATHAO ,HUBA CLOTHING ,RIGHT PATH COUNSELLING ,AAVARAN SKIN CLINIC र UNIVERSAL TOURS & TRAVELS ले उक्त कार्यक्रम लाई  भव्य बनाउन  मदत गर्ने इभेन्ट म्यानेज्मेन्टका सी ई ओ  राजन बुढाथोकीले जानकारी दिएका छन्। 



No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...