Wednesday, May 8, 2024

राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर मिस्टर सुप्रा नेसनल २०२४ को उपाधि

 नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले  मिस्टर मिस्टर सुप्रा नेसनल नेपाल २०२४ को उपाधि जितेका छन्।

धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर मिस्टर सुप्रा नेसनल नेपालको उपाधि जितेका हुन्। यो संगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुप्रा नेसनल  प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा पोल्यान्ड तर्फ प्रस्थान  गर्नेछन्।प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। त्यस्तै पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए।

 धिरोज नेपालि राष्ट्रिय भलिबल खेलाडी हुन्। सन् २०२३ चीनमा भएको एशियन्स गेम्समा बहराइनविरुद्ध डेब्यु गरेका थिए। त्यसतै त्यसपछि भएको काभा भलिबल प्रतियोगितामा पनि नेपालबाट खेलिसकेका छन्।साथै उनले सन् २०२२ मा नेपालि राष्ट्रिय यू-२३ टोलिका कप्तान समेत गरि सकेका छन्। बांगलादेशमा भएको उक्त काभामा धिरोजले टोलिको नेत्रित्व गरेका थिए।
सनुर्वी इन्टरनेसनल आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन् भने मिस्टर मोडल अफ द वोर्ल्ड २०१८ दीक्पाल कार्कीको कोरियोग्राफी रहेको थियो

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...