Wednesday, September 8, 2021

ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न

 लोकप्रिय अभिनेता तथा मोडल एसराज गराचको कोरियोग्राफीमा ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न भएको छ । उक्त फेसन शोमा जनकपुर, सिराहा, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौंका मोडलहरुले विभिन्न सिक्वेन्सहरुमा आकर्षक क्याटवाक गर्दै विभिन्न पहिरनहरु प्रदर्शन गर्नुभएको थियो । 


ब्राइट इभेन्ट म्यानेज्मेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित उक्त फेसन शो पेप्सीकोलास्थित इन्टरनेशनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो । फेसन शोको पहिलो सिक्वेन्समा मोडलहरु दर्शकदीर्घाबाटै उठेर दौडँदै ¥याम्पमा उक्लिनु भएको थियो ।  

फेसन शोमा सिराहा, विरगञ्ज तथा जनकपुरका मोडलहरुको प्रस्तुतिलाई दर्शकहरुले हुटिङ गर्दै उत्साह बढाएका थिए । फेसन शोका तीन वटै सिक्वेन्सले दर्शकहरुलाई नयाँ–नयाँ पहिरनको बारेमा जानकारी दिनुका साथै मोडलहरुको आकर्षक भाउभाउले मनोरञ्जन समेत गराएको थियो । फेसन शोमा केही अतिथि मोडलहरुद्वारा गरिएको सिक्वेन्स पनि प्रभावकारी बनेको थियो ।

फेसन शोकै क्रममा केही अघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धिहरु तथा विजेताको विशेष सिक्वेन्स पनि आकर्षक रह्यो । अपेक्षा शेरचन, एञ्जेल राईसहित अन्य केही अन्तर्राष्ट्रिय उपाधि विजेता बालबालिकाको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो ।

फेसन शोमा अर्मन सहनी, गौतम ठाकुर, वर्षा श्रेष्ठ, निर्भिक सिंह, राहुल जैसवाल, कुसुम रसाइली, इच्छा अधिकारी अतिथि मोडलको रुपमा सहभागि हुनुहुन्थ्यो । रोजिन शाक्यद्वारा सञ्चालन गरिएको उक्त फेसन शोमा क्याटवाक गर्ने मोडलहरुलाई स्पर्श (अ म्याजिकल टच) ब्युटि इन्स्टिच्यूटले साज/सज्जा गरेको थियो ।















No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५ पहिलोपटक रियालिटी शो ढाँचामा, दिक्पाल कार्की होस्ट

काठमाडौं, १८ साउन –नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ यस वर्षदेखि पूर्ण रूपमा रियालिटी शो ढाँचामा प्रस्तुत हुँद...