काठमाडौँ २१ , पेजेन्ट नेपाल इन्टरनेशनलले आयोजना गरेको मिसेस आइकन नेपाल २०२१ को अन्तिम प्रतिसपर्धा ग्वोर्को स्तिथ म्यूजिकसिटी हलमा सनिबार भब्य रुपमा सम्पन्न भएकोछ। आफ्ना ७ जना प्रतिस्पर्धीलाइपछि पार्दै जस्मिन भारीले मिसेस आइकन नेपाल र सोनिया ज्याखोले मिसेस आइकन भक्तपुर 2021 को ताज पहिरिन सफल भएका छन्।
भने उनलाइ पछ्याउदै फर्स्ट रनरअप , गंगा पुरी , सेकेन्ड रनरअप अन्जु जोशी थर्ड रनरअप सरु बनमाला ,फोर्थ रनरअप बिना नागा र फिफ्थ रनरअप सुजिता लामा हुन सफल भए। तेसै गरि विभिन्न ३ ओटा सबटाइटल रहेका थिए। सब टाइटलमा बेस्ट फोटोजेनिक जस्मिन भारी ,मोस्ट पपुलर अन्जु जोशी र बेस्ट क्याट वाक सोनिया ज्याखोले हात परेका थिए । सो कार्यक्रममा मोडल अफ द वोर्ल्ड २०१८ का बिजेता तथा मोडल दिक्पाल कार्कीले उद्घोसण तथा कोरियोग्राफी रहेको थियो भने सिनियर कोरिओग्रफर हिमानी सुब्बा प्रमुख अथितीको भूमिकामा रहनु भएको थियो। प्रमुख निर्णायक कमल खतिवडा र , बिउटिसियन नेपाल २०१९ हेमा पुन मगर र मिस नेपाल आइडोल निमा ल्यामु शेर्पा र माया लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। २ घण्टा लामो रहेको उक्त कार्यक्रममा दर्शकले भरपुर मनोरंजन लिएको इभेन्टअर्गनाइजर तिमिला बैध्यले बताउनु भएको छ ।
No comments:
Post a Comment