Tuesday, January 19, 2021

ब्राइडल कन्टेस्ट २०२१ को मेक-अप प्रीटेस्ट धादिङ्गमा सम्पन्न

काठमाडौँ ७। 

अमेजन इन्टरटेनमेन्ट र निर्जला बिउटी  सलुनको सहकार्यमा  ब्राइडल कन्टेस्ट २०२१ को मेक-अप प्रीटेस्ट प्रेजेंनटेसन  निर्जला बिउटी  सलुन खानीखोलामा सम्पन्न भएको छ।

कार्यक्रममा उत्कृस्ट ७ प्रतियोगीहरुले बेहुली श्रिङ्गारॆ गरी देखाएको  कुरा कार्यक्रम निर्देशक नुरा कुँवरले बताउनु भएको छ। 

कार्यक्रममा सहभागी उत्कृस्ट ७ प्रतियोगीहरुमा निरु तामांग , रिता बिडारी, दीपिका श्रेष्ठ, सुमिना पुन मगर, सुशीला मगर, श्रीजना गुरुङ र  बिनिशा बस्नेतको कडा प्रतिस्पर्धा हुनेछ।  

कार्यक्रममा प्रतियोगीहरुले आ आफ्ना मोडलहरु लाई  शृंगारी र्याम्पमा उतार्ने छन र निर्णायकहरुको मुल्यांकन द्वारा बिजेता चयन गरिने कुरा आयोजक टीमको भनाई छ। 




कार्यक्रममा काठमाडौँ बाट  अमेजन इन्टरटेनमेन्टकि कार्यकारी प्रमुख तथा कोरियोग्राफर हिमानी सुब्बाको बिसेस उपस्तिथी रहेको थियो  ।कार्यक्रमको अन्तिम प्रतिस्पर्धा  धादिङ्गको सिम्ले स्थीत क्लिफ साइड रिसोर्टमा आउदो माघ ११ गते सम्पन्न हुने भएको छ। ब्राइडल कन्टेस्ट संगसंगै मिस एण्ड मिसेस धादिङ्ग र टिन फेसन सो लगायत थुप्रै सांगतिक कार्यक्रम रहने कुरो  इभेन्ट मेनेजर कमल खतिवडाले जानकारी दिनुभएको छ। 

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...