अमेजन इन्टरटेनमेन्टको प्रस्तुति रहेको मिस एण्ड मिसेस धादिंग २०२१ को ट्यालेन्ट सो मछिन्द्र माध्यामिक बिद्यालय खानीखोलामा सनिबार सम्पन्न भएको छ।
कुल ढेड दर्जन भन्दा मिस तथा मिसेस सहभागी रहेको सो कार्यक्रममा प्रतियोगी हरुले गायन ,नृत्य ,कबिता बाचन, गजल वाचनर ,कुकिङ्ग लगायतका प्रतिभाहरु प्रदसण गरेका थिए।
कार्यक्रमको निर्णायक मण्डलमा अमेजन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देसक तथा कोरियोग्राफर हिमानी सुब्बा ,कार्यक्रम निर्देसक तथा निर्जारा ब्युटी एकेडेमीकी प्रोप्राइटर नुरा कुँवर ,फर्स्ट मिसेस धादिंग तथा मेकअप आर्टिस्ट सावित्री श्रेष्ठ र पूर्व मिसेस धादिङ्ग रेखा तामांग रहेका थिए। कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आगामी माघ ११ गते क्लिफ साइड रिसोर्ट सिम्लेमा सम्पन्न हुने कुरा कार्यक्रम संचालक तथा इभेन्ट मेनेजर कमल खतिवडाले बताउनु भएको छ।
No comments:
Post a Comment