काठमाडौं । गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘दशैं आयो ’ बोलको गीत पुनःOSR Digital मार्फत सार्बजनिक गरिएको छ।उक्त गीत सनिबार मात्र टिका प्रसाईंको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको थियो। भक्तपुरको सल्लाघारीमा छायांकन गरिएको उक्त गीतको भिडियोेमा मिस्टर मोडल अफ द वोर्ल्ड का बिजेता दिक्पाल कार्की र अभिनेत्री तथा मोडल रिमा विश्वकर्माले अभिनय गरेका छन् ।उषा मलाहाले निर्देशन गरेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन छ भने उक्त गीत मा हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत रहेको छ ।
कोरियोग्राफर कमल राईले निकै नै मिहेनत गरेर यो भिडियो तयार पारेका राई बताउछन । कोरियोग्राफर कमल राई संग काम गर्न पाउदा निकै नै खुसि मोडल दिक्पाल कार्की र रीमा बताउछन। निर्देशक मलाहाका अनुसार गीतको भिडियो निर्माण मा कुनै कुरामा कन्जुसाई नगरी फिल्मी शैलीमा तयार पारिएको छ ।
दशैंको माहौलमा दशैं सम्बन्धी राम्रो गीत दर्शक तथा श्रोतालाई दिउ“ भनेर यो गीत तयार पारेको गायक पौडेलले बताउछन ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नु होस्
No comments:
Post a Comment