Wednesday, February 13, 2019

टी एस फिल्म्स द्वारा आयोजित बच्चाहरु को सौन्दर्य प्रतियोगिता किड्स क्यापिटल २०१९ को ट्रेनिंग

LET'S HELP YOUR CHILD TO BLOOM  भन्ने मूल नारा का साथ् टी  एस फिल्म्स द्वारा आयोजित बच्चाहरु को सौन्दर्य प्रतियोगिता किड्स क्यापिटल २०१९  को ट्रेनिंग तिन कुने स्थित अलाइभ फिटनेस सेन्टरमा  सुरु भइ रहेको छ ,करिब ४६  जना बालबालिकाहरु सहभागी भएको किड्स क्यापिटलको  यो  तेस्रो सिजन हो।
आफ्ना बाल बालिकाहरुमा रहेको लाज ,डर ,सरम हटाई आत्माबिस्वास बढाउन को लागि किड्स क्यापिटल एउटा राम्रो कार्यक्रम हो। जाहाँ  बाल बालिकाहरु लाइ  प्रतियोगिता मा  मोडलिङ,व्यकतित्तो विकास,गायन,आभिनय ,नृत्य ,क्याट वल्क आदि को तालिम दिईने छ।  . 





बालबालिकाहरु मा लुकेर रहेको क्षमाता लाइ बाहिर प्रस्फुटन गराउनु नै यो प्रतियोगिता को प्रमुख लक्ष्य रहेको छ.। .

बाल बालिका हरु को पढाई मा आसर नगरोस भन्ने हेतु ले एस प्रतियोगिताको ट्रेनिंग सार्बजनिक बिदा र सनिबार को दिन हरु मा मात्र राखिएको छ।


यस इभेन्ट  चर्चित नायक ,मोडल तथा कोरियोग्राफर यस राज गराच (सुरज ) ले गर्दै हुनुहुन्छ भने मिथुन थापा र मादभ राउत ले असिस्ट गर्दै हुनुहुन्छ।  

तेसै गरि गायन तर्फ कुन्ती मोक्तान , आभिनय तर्फ -बिरेन्द्र हमाल , नृत्य तर्फ़ -तेन्जु योञ्जन ले बाल बालिका हरु लाइ प्रतिस्पर्दा को लागि तयार पार्दै हुनुहुन्छ। 

एस कार्यक्रम को फिनाले चैत्र २ गते  नाचघर  मा हुने भएको टि एस फिल्म्स कि इभेंट   मेनेजर  बिजया साहा बताउनु हुन्छ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...