Saturday, August 3, 2024

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।

 
मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् । २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 
सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए । मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए । 



 ‘ब्युटी विथ पर्पस’को विधा मिस नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते । उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो । फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकरसहितका ११ जना जजको रुपमा थिए । सहाना बज्राचार्य होस्ट रहेको समारोहमा २०२३ का मिस नेपालको ब्याच सृच्छा प्रधान, प्रसिद्धी शाह र रेना मजगैयाँ को-होस्ट थिए । द हिडन ट्रेजरको आयोजना भएको समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिती थियो । मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि फिनालेमा सहभागि थिए ।

No comments:

Post a Comment

Featured Post

मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला ।।

  काठमाडौं । ‘ मिस युनिभर्स नेपाल २०२५ ’ को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था...