काठमाडौँ ४।
अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस हिमालयन नेपाल2020को अन्तिम प्रतिसपर्धा ग्वोर्को स्तिथ म्यूजिक सिटी हलमा सनिबार भब्य रुपमा सम्पन्न भएको छ। आफ्ना ९ जना प्रतिस्पर्धीलाइ पछि पार्दै माया लामाले
मिसेस हिमालयन नेपाल २०२० को ताज आफ्नो पोल्टामा पार्न सफल भइन भने उनलाइ पछ्याउदै सानु मगर फर्स्ट रनरअप , र देबिसा पौडेल सेकेन्ड रनरअप हुन सफल भए। तेसै गरि विभिन्न 10 ओटा सबटाइटल रहेका थिए। सब टाइटलमा बेस्ट फोटोजेनिक देबिसा पौडेल ,बेस्ट पर्सनालिटी मिना श्रेष्ठ ,,मोस्ट चार्मिंग मनदेवी जोशी , मोस्ट अक्ट्रयाक्तिभ माया लामा ,बेस्ट डिसिप्लिन गायत्री कर्माचार्य ,मोस्ट स्मार्ट बिष्णु पगेनी ,मोस्ट एक्टिभ सबिना मगर ,मोस्ट इन्टेलीजेन्ट सानु मगर , मोस्ट पपुलर सबिना मगर र मोस्ट कन्फ़िडेण्ट सरिता बस्नेतले हात परेका थिए ।
सिनियर फ्यासन कोरियोग्राफर हिमानी सुब्बाको दमदार कोरियोग्राफी र मोडल अफ द वोर्ल्ड २०१८ का बिजेता तथा मोडल दिक्पाल कार्की उद्घोसण रहेको थियो भने नेपाली सिने जगतकीको लोकप्रिय नायिका संचिता लुइँटेल मुख्य निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो। तेसै गरि नायक तथा मोडल यसराज गराच ,फ्याशन डिजाइनर सुक्नीता चौलागाईं ,कस्मेटोलोजिस्ट डा रेखा थापा ,हेयर स्टाइलिस्ट रकी श्रेष्ठ ,मिसेस मंगोल नेपाल २०१९ बिमला पाइजा मगर ,र बिउटीसियन नेपाल २०२० सजना खतिवडा ले निर्णायकको भूमिकामा हुनुहुन्थ्यो।
करिब २ घण्टा लामो रहेको उक्त कार्यक्रममा दर्शकले भरपुर मनोरंजन लिएको इभेन्ट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।
No comments:
Post a Comment