बुटवलमा ए. के. इनोभेसन मेनेजमेन्ट को आयोजनामा “द राइजिंग मोडल –२०१९ सिजन -१” सौन्दर्य प्रतियोगिता भोलि २५ गते फाइनल हुदै छ
यस सौन्दर्य प्रतियोगितामा बुटवलका १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन्। नया पिढी का युवा युवती हरु मा लुकेर रहेको क्षमता लाइ बाहिर प्रस्फुटन गराउने उदेश्य ले ए. के. इनोभेसन मेनेजमेन्ट ले यो प्रतियोगिता गराउन लागेको ए. के. इनोभेसन मेनेजमेन्टका सी इ ओ अन्जान कुवर ले बताएका छन् ।

प्रतियोगिताका लागि छनौट भएका प्रतियोगी लाई २० दिन लामो विशेष प्रशिक्षण प्रदान गराइएको छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई , मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण दिइएको छ ।
प्रतियोगिताको फाइनलमा मिस्टर मोडल अफ दि वोर्ल्ड का विजेता दिक्पाल कार्की मुख्य निर्णायक रहने आयोजक कुवर ले बताएका छन ।


No comments:
Post a Comment