काठमाडौं : छैटौ संस्करणको ‘ब्युटिसियन नेपाल २०२० यही चैत्र २३ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ।
अमेजन इन्टरटेनमेन्टको आयोजनामा हुन गइरहेको ब्युटिसियन नेपालको यो छैटौ संस्करण हो।
जस अन्तर्गत नेपालमा रहेका ब्युटिसियनको कडा प्रतिस्पर्धा हुने भएकोछ। प्रतियोगितामा जम्मी २० जना सौन्द्रर्यकर्मीको काडा प्रतिस्पर्धा हुने छ। प्रतिस्पर्धामा रन्जु लामा ,अनिता पाख्रिन ,इन्दिरा काफ्ले ,लक्की राइ ,आशा माया ,सुष्मा तामांग सम्झना तिरवा ,मनिला सुनार ,जमुना छेत्री ,नीलम तामांग ,साबि श्रेष्ठ ,मनुका लावती,सफिला थिङ्ग,सजना खतिवडा ,दिक्ष्या राई ,अस्मिता श्रेष्ठ र सुजिता राईको कडा प्रतिस्पर्धा हुने छ।

कार्यक्रमको कोरियोग्राफि कोरियोग्राफर तथा डिरेक्टर हिमानी सुब्बा रहेको उक्त कार्यक्रम यही चैत्र २३ मा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ ।
No comments:
Post a Comment