काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पीआर’ मा दिक्पाल कार्की नीर शाह र गौरी मल्लको प्रवेश भएको छ। र्याम्प का चर्चित मोडल तथा मिस्टर मोडल अफ द वोर्ल्डका बिजेतासम्म रहेका दिक्पाल कार्की चलचित्रमा फर्किएका हुन् । उनले यस आघि सम्भु प्रधान निर्देशित चलचित्र रंग बैजनीमा मुख्य भुमिका निर्भाह गरेका थिए।
गत फागुनमा अस्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको सिनेमाको सोमबार धम्पुसमा बिहेको दृश्य खिचिएको थियो । बुधबार छायांकन सेटबाट प्राप्त तस्वीरमा दिक्पाल कार्की र विनिता कार्कीलाई दुलाहा-दुहलीको भेषमा देख्न सकिन्छ ।
सिनेमामा दिक्पाल र विनितासहित नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी लगायतको अभिनय छ ।
यो सिनेमाले अष्ट्रेलियाको पीआर पाउन नेपाली युवाले गरेको संघर्षको कथालाई प्रस्तुत गर्ने जनाइएको छ । पछिल्लो समय अस्ट्रेलियामा पीआर लिने नेपालीको संख्या निकै बढेको छ । अस्ट्रेलियामा सौरभ मानन्धरले खिचेको सिनेमालाई नेपालमा सौरभ लामाले छायांकन गरिरहेका छन् । सम्पादन बन्दे प्रसादले गर्नेछन् ।
No comments:
Post a Comment